२०८२ कार्तिक १७, आइतवार , ०२:५०:५४ बजे

Sajhamanch
'

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

आइतवार, कार्तिक १७, २०८२

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति हुनुभएका सहायक रथी हिम्मतबहादुर बिष्ट र सहायक रथी विष्णुकुमार खड्कालाई जङ्गी अड्डामा आयोजित आज आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

प्रधान सेनापतिले सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति हुनुभएका पाँचजना प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति हुनुभएका रथीवृन्द तथा अधिकृतका परिवारजनको उपस्थिति थियो ।

आइतवार, कार्तिक १७, २०८२ | समाज

सम्बन्धित खबर