२०८२ कार्तिक १७, आइतवार , १२:१८:३५ बजे

Sajhamanch
'

सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढ्यो

आइतवार, कार्तिक १७, २०८२

काठमाडौं । आज सुनको भाउ बढेको छ । आज सुन तोलामा सात सय रुपैयाँले बढेर तोलाको दुई लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको दुई लाख ३९ हजार रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने घटेको छ । चाँदी तोलामा पाँच रुपैयाँले घटेर तोलाको तीन हजार ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको तीन हजार ६० रुपैयाँ थियो ।

आइतवार, कार्तिक १७, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर