
काठमाडौं । आज सुनको भाउ बढेको छ । आज सुन दुई हजार सात सय रुपैयाँले बढेर तोलाको दुई लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रावार सुन तोलाको दुई लाख ३६ हजार ३०० रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदी २० रुपैयाँले घटेर तोलाको दुई हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ दुई हजार ९८० रुपैयाँ थियो ।


 
						 
						