
काठमाडौं । आईसीसी महिला क्रिकेट विश्वकपको उपाधिका लागि भारत र दक्षिण अफ्रिका खेल्ने भएका छन् । गएराति भएको खेलमा अस्ट्रेलियालाई पाँच विकेटले हराएसँगै भारत महिला क्रिकेट विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।
अस्ट्रेलियाले दिएको तीन सय ३९ रनको लक्ष्य पछ्याएको भारतले ४८ ओभर तीन बलमा पाँच विकेट गुमएर भेटायो । त्यसअघि मुम्बईमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया ४९ ओभर पाँच बलमा ३३८ रनमा अलआउट भयो । फाइनल खेल पर्सि आइतवार हुनेछ ।


 
						 
						 
						