२०८२ कार्तिक १३, बुधवार , ०३:४३:५७ बजे

Sajhamanch
'

पाल्पामा गाडी सडकबाट खोल्सामा खस्दा ३ जनाको ज्यान गयो

बुधवार, कार्तिक १३, २०८२

काठमाडौं । पाल्पाको रेनादेवि छहरा गाउँपालिकामा गाडी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा रैनादेवी छहरा–४, अमलावासका चालक ३१ वर्षीय कमल रायमाझी, मुक्तबहादुर बूढाथोकी र रामबहादुर घाहा रहेका छन् ।

आज बुटवलबाट पाल्पाको रैनादेवी छहराको मेहलढापतर्फ गुडीरहेको लुम्बिनी प्रदेश ०१–००१ ज ००९१ नम्बरको गाडी सडकबाट झन्डै २०० मिटर तल खोल्सामा खसेको छ । अहिले प्रहरी र स्थानीयबासीको सहयोगमा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।

बुधवार, कार्तिक १३, २०८२ | समाज

सम्बन्धित खबर