२०८२ कार्तिक १३, बुधवार , ११:५६:४५ बजे

Sajhamanch
'

सुनचाँदीको भाउ आज पनि घट्यो : सुन तोलाको २ लाख ३६ हजार ३००

बुधवार, कार्तिक १३, २०८२

काठमाडौं । तिहार बिदापछि सुनचाँदीको भाउ लगातार घटेको छ । तिहारपछिको पहिलो कारोबारको दिन आइतबारदेखि घट्न थालेको सुनचाँदीको भाउ आज पनि घटेको छ । आइतबार तोलामा दुई लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भएकोमा सोमबार र हिजो मंगलबार पनि घटेको थियो ।

त्यस्तै आज सुन तोलामा ७०० रुपैयाँले घटेर तोलाको दुई लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ३७ हजार रुपैयाँ थियो ।

यस्तै, चाँदीको भाउ पनि घटेको छ । आइतबार तोलाको ३ हजार १५ रुपैयाँ रहेको चाँदीको भाउ आज दुई हजार ९६५ रुपैयाँमा झरेको छ । हिजोको तुलनामा चाँदी आज तोलामा ४५ रुपैयाँले घटेको हो । हिजो चाँदीको भाउ तोलाको दुई हजार ९२० रुपैयाँ थियो ।

गएको असोज ३१ गते सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च थियो । त्यस दिन सुन तोलाको दुई लाख ५८ हजार रुपैयाँ थियो । चाँदीको भाउ तोलाको तीन हजार ३५० रुपैयाँ थियो ।

बुधवार, कार्तिक १३, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर