
झापा । छठ पर्वको अवसरमा भद्रपुर–५ देवीवस्तीस्थित मेची नदी किनारमा यस पटक पनि गंगा आरती हुने भएको छ ।
आज बेलुका साढे ४ बजेदेखि हुने गंगा आरतीको सम्पूर्ण तयारी पूरा भइसकेको भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले जानकारी दिनु भएको छ।
भद्रपुर नगरपालिका–५ नम्बर वडा कार्यालय, युनिक समूह र मैथिल समाजको संयुक्त आयोजनामा बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिएपश्चात् भजन सन्ध्यासहित गंगा आरती हुने वडाध्यक्ष बन्धु कार्कीले जानकारी दिनु भयो। अघिल्लो वर्षदेखि छठ पूजामा गंगा आरतीको सुरुवात गरिएको उहाँले बताउनु भयो।


