२०८२ कार्तिक ११, सोमवार , १०:२५:४५ बजे

Sajhamanch
'

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

सोमवार, कार्तिक ११, २०८२

काठमाडौं । हाल देशमा पश्चिमी वायूको साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।सोमबार बिहान देशभर आंशिक बदली रही मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।सोमबार दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी तराई भ-भागमा आंशिक बदली रहने छ।

दिउँसो सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सोमबार राति बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी तराई भू-भागमा आंशिक बदली रहने पूर्वानुमान छ।राति गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा मध्यम वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सोमवार, कार्तिक ११, २०८२ | Weather, समाज

सम्बन्धित खबर