
काठमाडौं । सांगीतिक रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ सातौं सिजनको प्रसारण आगामी शुक्रबारदेखि सुरु हुने भएको छ ।शोले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएको छ । जसअनुसार, १४ कात्तिकदेखि हरेक शुक्रबार र शनिबार राती ८ बजे हिमालय टिभीमा शो प्रसारण हुनेछ ।
नयाँ सिजनको कोचमा राजु लामा र प्रमोद खरेलको पुनरागमन भएको छ । खेम सेन्चुरी र मेलिना राईलाई पनि कोचको रुपमा देख्न पाइनेछ ।


