२०८२ कार्तिक १०, आइतवार , १२:०४:५८ बजे

Sajhamanch
'

सुनको भाउ तोलामा ११ हजार ६०० रुपैयाँले घट्यो : तोलाको २ लाख ४१ हजार ९००

आइतवार, कार्तिक १०, २०८२

काठमाडौं ।  तिहार बिदापछिको पहिलो कारोबार दिन आज आइतवार सुनको भाउ तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको दुई लाख ४१ हजार ९००य रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार गएको सोमवार कात्तिक ३ गते सुनको भाउ तोलाको दुई लाख ५३ हजार ५०० रुपैयाँ थियो । गएको असोज ३१ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको दुई लाख ५८ हजार रुपैयाँ थियो । यस्तै, चाँदीको भाउ पनि घटेको छ ।

आज चाँदीको भाउ तोलामा २६५ रुपैयाँले घटेर तोलाको ३ हजार १५ रुपैयाँमा झरेको छ । गएको सोमवार चाँदीको भाउ तोलाको तीन हजार २८० रुपैयाँ थियो । गएको असोज ३१ गते चाँदीको भाउ तीन हजार ३५० रुपैयाँ पुगेको थियो ।

आइतवार, कार्तिक १०, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर