२०८२ कार्तिक ५, मङ्गलवार , १२:१२:५२ बजे

Sajhamanch
'

अन्नपूर्ण कृषि सहकारीको साधारण सभामा पूर्वअध्यक्ष, ज्येष्ठ सदस्य तथा कर्मचारी सम्मानित

मङ्गलवार, कार्तिक ५, २०८२

चुलाचुली । इलामको चुलाचुली गाउँपालिका वडा नं. २ अन्नपूर्ण अर्नाखाडीमा रहेको अन्नपूर्ण कृषि सहकारी संस्थाको १९औं वार्षिक साधारण सभा आइतबार सम्पन्न गरिएको छ ।

सस्थाको सभाहल भएको सभा सस्थाका अध्यक्ष देउमान गिरीको अध्यक्षता तथा चुलाचुली गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी लिम्बूको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

सभामा संस्थाका अध्यक्ष देउमान गिरीले आर्थिक वर्ष २०८१/०८२ मा ६ करोड ४५ लाख ९४ हजार ४२१ रुपैयाँ आम्दानी गरी ६ करोड १९ लाख ८८ हजार ६९४ रुपैयाँ खर्च गर्दै २६ लाख ५ हजार ८१७ रुपैया नाफा आर्जन गरेको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

सस्थाको मुख्य कारोबार दूध खरिद र बिक्री रहेको हुनाले गत आर्थिक वर्षको भन्दा चालू आर्थिक वर्षमा १ करोड ९१ लाख ३१ हजार २५२ रुपैयाँले बढी आम्दानी गर्न संस्था सफल भएको अध्यक्ष गिरीद्वारा प्रस्तुत प्रतिवेदनमा जनाइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष लिम्बूले सहकारीहरुको बृत्ति विकास र संस्थामा कार्यारत कर्मचारीहरुको क्षमता अभिबृद्धिका लागि स्थानीय सरकारको तर्फबाट यथेष्ट सहयोग भइरहेको बताउनु भयो ।

कार्यक्रममा मन्तब्य राख्दै साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हेमकला बस्नेतले अन्य पालिकामा मुख्य कार्यालय भई चुलाचुलीमा सेवा केन्द्रमार्फत कारोबार गरिरहेका सहकारीहरुले स्थानीय स्तरमा पँुजी निर्माणभन्दा पनि सदस्यहरुलाई सुविधा दिने बहानामा स्थानीय पुँजी धमाधम पलायन हुँदै गएको आरोप लगाउनु भयो ।

सस्थाको १९औं साधारण सभाको अवसर पारेर ज्येष्ठ सदस्यहरु यज्ञप्रसाद काफ्ले, सुकबहादुर योङहाङ, गणेश तुम्बापो र ख्यामप्रसाद दुलाल तथा पूर्व अध्यक्ष बिष्णुभक्त पोख्रेललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

यस्तै विभिन्न दुग्ध संकलन केन्द्रमा कार्यरत उत्कृष्ट ७ जना किसानहरुलाई पनि पुरस्कृत गरिएको थियो ।