२०८२ कार्तिक ४, सोमवार , ०६:५७:४३ बजे

Sajhamanch
'

‘कमेडी नाइट विथ च्याम्पियन्स’को अध्यक्षमा माग्ने बुढा, दीपाश्रीको ठाउँमा आए

सोमवार, कार्तिक ४, २०८२

काठमाडौं । टेलिभिजन शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ हरेक मंगलबार दर्शकमाझ आउँछ । पाहुना बोलाएर विभिन्न सन्दर्भमा हुने हाँस्यब्यंग्यको कारण शो चर्चित छ ।

यस्तोमा, आउने मंगलबार प्रसारण हुने २८ औं एपिसोडमा दर्शकले तिहार विशेष प्रस्तुति हुने पाउनेछन् ।प्रदर्शन तयारीमा रहेको फिल्म ‘सोल्टिनी’का कलाकार प्रकाश सपुत र परीक्षा लिम्बुले कमेडियनसँग देउसी भैली खेलेको प्रस्तुति यो एपिसोडमा समावेश छ ।

दर्शकलाई योभन्दा पनि नयाँ कुरा छ । चर्चित कलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ अध्यक्ष बनेर शोमा देखिनेछन् । दीपाश्री निरौला केही समय अमेरिका भ्रमणमा रहेकाले उनको ठाउँमा माग्ने बुढा अध्यक्षको रुपमा देखिएको निर्देशक विशाल भण्डारीले जनाए ।
छक्कापञ्जा कमेडी टूर’को सिलसिलामा अमेरिका टूरमा रहेकी दीपाश्री दुई सातापछि स्वदेश फर्किने तयारी छ । निरौला नआउँदासम्म माग्ने बुढालाई दर्शकले अध्यक्षको रुपमा शोमा देख्न पाउनेछन् ।

 

सम्बन्धित खबर