
काठमाडौं । नेपाल प्रहरीको ७० औँ स्थापना दिवसको अवसरमा कलाकार किरण केसी ‘राता मकै’ सम्मानित भएका छन् ।नक्सालस्थित मुख्यालयमा शुक्रबार आयोजित समारोहमा प्रहरी प्रमुख चन्द्रकुबेर खापुङले केसीलाई सम्मानपत्र प्रदान गरे ।ललितपुरको सातदोबाटोस्थित क्षतिग्रस्त प्रहरी वृत्त, ट्राफिक प्रहरी परिसर सात दोबाटो र प्रहरी प्रभाग इमाडोलको पुनर्निमाणको नेतृत्व गरेबापत केसीलाई सम्मानित गरिएको हो ।
जेनजी आन्दोलनको क्रममा ती प्रहरी कार्यालयमा क्षति पुगेको थियो । आफूलाई सम्मान प्रदान गरेकोमा खुसी हुँदै उनले भने, ‘भवन निर्माणको श्रेय कार्यसमिति सदस्य र पवित्र मन भएका संघसंस्थालाई दिन चाहन्छु, प्रहरीलाई धेरै धेरै धन्यवाद ।’सातदोबाटोस्थित ट्राफिक प्रहरीका कार्यालय ९९ प्रतिशत सम्पन्न भएको र सात दोबाटो वृत्तको पुनर्निमाणको काम करिब ५ प्रतिशत बाँकी रहेको केसीले बताए ।
उनले भन-( ‘जनता र प्रहरीको सहकार्य भयो भने सेवा सहज बनाउन सकिन्छ भन्ने उदाहरण यो पुनर्निमाणले देखाएको छ ।’