
मेचीनगर । मेचीनगर नगरपालिकामा गत भदौ २४ गतेको जेनजी आन्दोलनका नाममा गरिएको आगजनी र तोडफोडबाट तीन करोड ३३ लाख रुपैयाँभन्दा बढीको क्षति पुगेको जनाइएको छ ।
नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर २ का वडाध्यक्ष दिपक बरालले आज जारी गरेको विज्ञप्तिमा उक्त विध्वंसात्मक घटनाबाट नगरपालिका कार्यालय तथा वडा कार्यालयहरूमा भएको आगजनी, तोडफोड र मालसमानमा तीन करोड ३३ लाख २८ हजार १९८ रूपैयाँ बराबरको क्षति पुगेको उल्लेख छ ।
नगरपालिकाको कार्यालयतर्फ ६८ लाख १६ हजार ३८३ रूपैयाँ ५९ पैसा बराबरको क्षति पुगेको छ ।
यस्तै, वडा कार्यालयतर्फ मेचीनगर–१, २, ३, ४, ५, ६, ७, ८, ९, १० र १५ नम्बर वडा कार्यालयमा ९६ लाख ७५ हजार ६५० रूपैयाँ १८ पैसा मूल्य बराबरको क्षति पुगेको प्रवक्ता बरालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।