२०८२ कार्तिक १, शुक्रवार , ०८:१५:२१ बजे

Sajhamanch
'

भद्रपुरको सेमिन बप्तिस मण्डलीद्वारा रक्तदान

शुक्रवार, कार्तिक १, २०८२

भद्रपुर । झापाको भद्रपुर–७ सरस्वती टोलस्थित सेमिन बप्तिस मण्डलीले आफ्नो २५औँ वर्षगाँठको पूर्वसन्ध्यामा आज आयोजित रक्तदान कार्यक्रममा १६ पिन्ट रगत संकलन गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा चर्च परिसरमा आयोजना गरिएको कार्यक्रममा ६ जना महिला र १० जना पुरुष गरी १६ जनाले रक्तदान गरेका हुन् ।

मण्डलीका पास्चर ओमप्रसाद पौडेल (डेविड)ले रक्तदान कार्यक्रमको शुभारम्भ गरेका थिए । उनले मानवीय सेवामा सहयोग पुर्याउने उद्देश्यले मण्डलीको रजत महोत्सवको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

मण्डलीले यही कात्तिक १४, १५ र १६ गते बृहतरुपमा रजत महोत्सव मनाउने तयारी गरिरहेको पास्चर पौडेलले जानकारी दिए ।

उनका अनुसार कात्तिक १४ गते भारतसमेतबाट आमन्त्रित अतिथिहरुको बृहत सहभागितामा रजत महोत्सव उद्घाटन हुनेछ भने नवनर्मित भवन र चौतारोको उद्घाटन एवम् स्मारिका विमोचन हुनेछ । त्यस्तै, जीवनदर्शनका प्रवचनहरु ग्रिने पौडेलले बताए ।

सम्बन्धित खबर