
कमल । कमलनगर जेसीजले वर्ष २०२५ को जेसीज सप्ताह आजबाट सुरु गरेको छ ।
“विकासका लागि एकता” प्रकरण भन्ने उद्देश्य लिएर विगतका वर्षहरु झैं यसवर्ष पनि जेसीजले सप्ताह सुरु गरिएको हो ।
कार्यक्रम अन्तरगत आज पहिलो दिन जेसीजको सचिवालायमा जेसीज सप्ताहको उद्घाटन गरी केर्खा बजारमा रक्तदान कार्यक्रम गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा कमलका सभापति चन्द्र साहाले कमल नगर जेसीजका अध्यक्ष भिम अधिकारीलाई व्लड ब्याग हस्तान्तरण पछि सुरु भएको रक्तदान कार्यक्रममा १८ पिन्ट रगत संकलन भएको थियो ।
कमल नगर जेसीजका कार्यकारिणी उपाध्यक्ष तथा मूल आयोजक समितिका संयोजक रोशन अधिकारीका अनुसार रक्तदान कार्यक्रको प्रविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र दमकले गरेको थियो ।
जेसीजले कात्तिक २ गतेसम्म विभिन्न कार्यक्रम गरी जेसीज सप्ताह मनाउने कार्यक्रम रहेको जनाइएको छ ।