
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर २७ गतेदेखि पोखरामा महाधिवेशन गर्न प्रस्ताव गर्नु भएको छ। आजको केन्द्रीय कमिटी बैठकमा ओलीले मंसिर २७, २८ र २९ गते पोखरामा महाधिवेशन गर्न प्रस्ताव गर्नु भएको हो ।
केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति औपचारिक रुपमा टुंगो लगाउने छ ।