२०८२ असोज २८, मङ्गलवार , ०३:४४:२० बजे

Sajhamanch
'

जेनजी आन्दोलनपछि देउवा पहिलो पटक सार्वजनिक

मङ्गलवार, असोज २८, २०८२

काठमाडौं । गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पहिलो पटक सार्वजनिक हुनुभएको छ ।

पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुनका लागि सभापति देउवा आज पार्टी मुख्यालय सानेपामा सार्वजनिक हुनुभएको हो । सानेपामा देउवासँगै उहाँकी पत्नी आरजु राणा पनि उपस्थित हुनुभएको छ ।

गएको भदौ २४ गतेको आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले बूढानीलकण्ठमा आफ्नै निवासमा रहेका देउवा दम्पतीलाई कुटपिट गरेका थिए । त्यसपछि देउवा ३४ दिनपछि पार्टी केन्द्रीय कार्यसमिति बैठकमा जाने क्रममा सार्वजनिक हुनुभएको हो । आफ्नो निवास ध्वस्त भएपछि देउवा आफन्तको घरमा बस्दै आउनुभएको छ ।

सम्बन्धित खबर