२०८२ असोज २८, मङ्गलवार , ०४:४१:०४ बजे

Sajhamanch
'

नेपाल एअरलाइन्सले काठमाडौं–ग्वाञ्जाओ उडान रद्द गर्‍यो

मङ्गलवार, असोज २८, २०८२

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले काठमाडौं–ग्वाञ्जाओ उडान रद्द गरेको छ ।

निगमका प्रवक्ता सुवास डाँगीले विज्ञप्तिमार्फत नियमित उडान तालिका बमोजिम यही अक्टोबर १९ तारिख अर्थात् आउँदो कात्तिक २ गतेको काठमाडौंबाट चीनको ग्वाञ्जाओ गर्ने भनिएको उडान निगमको आन्तरिक कारणले रद्द गरिएको जानकारी दिनुभयो ।

यो उडानको सम्पूर्ण यात्रुलाई वैकल्पिक व्यवस्थाबाट व्यवस्थापन गरिएको समेत निगमले जनाएको छ ।

मङ्गलवार, असोज २८, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर