
इलाम । इलामको पुवाखोलामा नेपाली सेनाले स्थानीयसँगको सहकार्यमा काठेपुल निर्माण गरेको छ ।
गत बाढी पहिरोले यहाँ बेलिब्रिज बगाएको थियो । सो स्थानमा रणशार्दुल गणले काठे पुल बनाएको हो । नेपाली सेनाका अनुसार यस पुलबाट हलुका सवारी साधन सञ्चालनमा ल्याइएको छ ।
यसले स्थानीयको आवतजावत सहज भएको समेत सेनाले जनाएको छ ।