२०८२ असोज २८, मङ्गलवार , ०१:०२:३१ बजे

Sajhamanch
'

सुनको भाउ एकैदिन ८ हजार १०० ले बढ्यो : तोलाको २ लाख ४८ हजार ५०० पुग्यो

मङ्गलवार, असोज २८, २०८२

काठमाडौं । आज सुनचाँदीको भाउमा कीर्तिमान कायम भएको छ । सुनको भाउ एकैदिन आठ हजार १०० रुपैयाँले बढेर तोलाको दुई लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो अहिलेसम्मकै उच्च हो । हिजो सुनको भाउ तोलाको दुई लाख ४० हजार ४०० रुपैयाँ थियो ।

आज चाँदीको भाउमा पनि कीर्तिमान कायम भएको छ । चाँदीको भाउ एकैदिन १०५ रुपैयाँले बढेर तोलाको तीन हजार ३२५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च हो । हिजो चाँदीको भाउ तोलाको तीन हजार २२० रुपैयाँ थियो ।

मङ्गलवार, असोज २८, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर