
काठमाडौँ । कोशी राजमार्ग दुई स्थानमा पूर्णरुपमा अवरुद्ध बनेको छ । नेपाल प्रहरीका अनुसार अविरल वर्षाका कारण संखुवासभाको भेटखोला गाउँपालिका-४ वरुण र मकालु गाउँपालिका-३ एकुवामा राजमार्ग बन्द भएको हो ।
यस्तै मेची राजमार्गको इलाम नगरपालिका ९ स्थित राजदुवालीलगायतका स्थानहरूमा वैकल्पिक मार्गबाट साना सवारी मात्र आवागमन हुनसक्ने प्रहरीले जनाएको छ ।
काभ्रेपलान्चोकको रोशीमा पनि पहिरोका कारण हाल बिपी राजमार्ग एकतर्फी सुचारु रहेको छ ।