२०८२ असोज २७, सोमवार , ०१:०५:०३ बजे

Sajhamanch
'

सुनको भाउमा कीर्तिमान : तोलाको २ लाख ४० हजार नाघ्यो

सोमवार, असोज २७, २०८२

काठमाडौं । आज सुनको भाउमा कीर्तिमान कायम भएको छ । आज सुन तोलामा दुई हजार ४०० रुपैयाँले बढेर तोलाको दुई लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो अहिलेसम्मकै उच्च हो । हिजो सुनको भाउ तोलाको दुई लाख ३८ हजार रुपैयाँ थियो ।

आज चाँदीको भाउमा कीर्तिमान कायम भएको छ । आज चाँदी तोलामा ९५ रुपैयाँले बढेर तोलाको तीन हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तीन हजार १२५ रुपैयाँ थियो ।

सोमवार, असोज २७, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर