२०८२ असोज २६, आइतवार , ०५:५३:२५ बजे

Sajhamanch
'

मेची नदीमा सडेगलेको अवस्थामा पुरुषको शव फेला

आइतवार, असोज २६, २०८२

झापा । मेची नदीमा सडेगलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका- ३ बैसाबारीस्थित मेची नदी पारी किनारमा आज बिहान साढे ८ शव फेला परेको हो ।

पहाडे मुलको जस्तो देखिने पुरुष किरा लागि सडेगलेको अवस्थामा मृत फेला परेपछि वडा प्रहरी कार्यालय भद्रपुरको टोली घटनास्थलमा पुगेको थियो । मृतकको सनाखत हुन बाँकी छ ।

प्रहरीले कानुनी प्रक्रिया पूरा भारतको बाटो भएर मेची पुल हुँदै शव ल्याएर पोस्टमार्टमको लागि मेची प्रादेशिक अस्पताल पठाएको छ । गत असोज १९ गते मेची नदीमा आएको बाढीले ती पुरुषलाई बगाएर ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ ।

सम्बन्धित खबर