
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिने हुनुभएको छ । मुख्यमन्त्री सिंहले असोज २८ गते मंगलबार प्रदेश सभामा विश्वासको मत लिन लाग्नु भएको हो ।
‘नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मतका लागि मिति २०८२। ०६ । २८ गते व्यवस्था मिलाई दिनुहुन अनुरोध गर्दछु ‘प्रदेश सभामा पठाइएको पत्रमा भनिएको छ ।