२०८२ असोज २३, बिहिवार , ०३:५७:३१ बजे

Sajhamanch
'

३ वटै सुरक्षा निकायसँग गृहमन्त्री अर्यालको छलफल

बिहिवार, असोज २३, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले ३ वटै सुरक्षा निकायसँग छलफल गर्नुभएको छ । आज सिंहदरबारमा रहेको मन्त्रालयमा गृहमन्त्री अर्यालले छलफल गर्नुभएको हो ।

छलफलमा गृहमन्त्रीसँगै नेपाल प्रहरीका प्रमुख एवम् प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी बल नेपालका प्रमुख एवम् प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए ।

छलफलमा गृहमन्त्री अर्यालले पछिल्लो राजनीतिक घटनाक्रम, विपद् व्यवस्थापनबारे जानकारी लिनुभएको छ ।

सम्बन्धित खबर