२०८२ असोज २३, बिहिवार , ११:२९:०२ बजे

Sajhamanch
'

सुनचाँदीको भाउमा लगातार रेकर्ड : तोलाको २ लाख ३९ हजार पुग्यो

बिहिवार, असोज २३, २०८२

काठमाडौं । लगातार बढिरहेको सुनको भाउ कीर्तिमान बनाएको छ । आज सुन एक हजार २०० रुपैयाँले बढेर तोलाको दुई लाख ३९ हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको दुई लाख ३८ हजार रुपैयाँ थियो । यसअघि हिजो बुधवार र सोमवार पनि सुनको भाउले रेकर्ड बनाएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि रेकर्ड कायम भएको छ । चाँदी आज एकैदिन ६५ रुपैयाँ बढेर तोलाको तीन हजार २५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

बिहिवार, असोज २३, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर