२०८२ असोज २२, बुधवार , ११:३९:५४ बजे

Sajhamanch
'

सुनको भाउमा रेकर्ड : तोलाको २ लाख ३८ हजार पुग्यो

बुधवार, असोज २२, २०८२

काठमाडौं । सुनको भाउले रेकर्ड बनाएको छ । आज सुनको भाउ तोलाको दुई लाख ३८ हजार रुपैयाँ पुगेको हो । यसअघि हिजो सुनको भाउ तोलाको दुई लाख ३५ हजार ४०० थियो । आज एकै दिन तोलामा दुई हजार ६०० रुपैयाँले बढेर दुई लाख ३८ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी तोलाको दुई हजार ९५५ रुपैयाँमा कारोबार भैरहेको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ९६० रुपैयाँ थियो ।

बुधवार, असोज २२, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर