
काठमाडौं । सुनको भाउमा आज फेरि अर्को कीर्तिमान कायम भएको छ । आज सुनको भाउ तोलाको दुई लाख ३५ हजार रुपैयाँ नाघेको छ ।
हिजोको भाउमा तोलाको दुई हजार ३०० रुपैयाँले बढेर आज सुनको भाउ तोलाको दुई लाख ३५ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ दुई लाख ३३ हजार १०० रुपैयाँ थियो । आज चाँदीको भाउ भने यथावत नै रहेको छ । चाँदीको भाउ आज दुई हजार ९६० रुपैयाँ रहेको छ । हिजो पनि त्यही भाउमा कारोबार भएको महासङ्घले जनाएको छ ।