
झापा । झापाको गौरीगंजमा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् ।
हिजो दिउँसो २ बजे गौरीगंज गाउँपालिका-२ बाहुन टोलमा दक्षिण पिण्डलघुटुबाट उत्तर तुलाचन चौकतर्फ आउँदै गरेको मे. ३ प. ३५४० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी कोरोबारीबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा पछाडि सवार दमक नगरपालिका-८ प्रगति टोल बस्ने २३ वर्षीय चन्दन रायको साथबाट प्लास्टिकबाहेक १५ ग्राम, ५१० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।
रायसँगै मोटरसाइकल चालक मोरङ रतुवामाई-३ महादेवा बस्ने ३४ वर्षीय विमल कामत समेतलाई नियन्त्रणमा लिई दुवैलाई इलाका प्रहरी कार्यालय गौरीगंजमा राखिएको छ ।