२०८२ असोज १०, शुक्रवार , १२:५७:०५ बजे

Sajhamanch
'

एशिया कपमा आज भारत र श्रीलङ्का खेल्दै

शुक्रवार, असोज १०, २०८२

काठमाडौं । एशिया कप टी–२० अन्तर्गत सुपर ४ मा आज भारत र श्रीलङ्का खेल्दैछन । यो खेल नेपाली समयानुसार दुबईमा बेलुकी सवा आठ बजे शुरू हुनेछ । एशिया कपअन्तर्गत सुपर ४ को १८औँ खेलमा भारत र श्रीलङ्काबीच आज खेल हुन लागेको हो ।

हिजो पाकिस्तानले बङ्गलादेशलाई ११ रनले हराउँदै फाइनलमा पुगेको हो । भारत र पाकिस्तान एशिया कप इतिहासमा पहिलो पटक फाइनल खेल्ने भएका छन । एशिया कपमा यसअघि भारत र पाकिस्तान खेलेका थिएनन् । भारतले आठ पटक एशिया कप उपाधि जितेको छ । दुबई क्रिकेट रङ्गशालामा पर्सि फाइनलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

शुक्रवार, असोज १०, २०८२ | खेलकुद

सम्बन्धित खबर