२०८२ असोज ९, बिहिवार , ०८:०७:१९ बजे

Sajhamanch
'

बिर्तामोडको प्रहरी भवन पुनर्निर्माणमा झापा गोल्डकपको एक लाख रुपैयाँ सहयोग

बिहिवार, असोज ९, २०८२

बिर्तामोड । जेनजी आन्दोलनका कारण ध्वस्त बनेको बिर्तामोडको प्रहरी संरचना निर्माणका लागि झापा गोल्डकपले एक लाख एक हजार रुपैयाँ सहयोग गरेको छ ।

आज बसेको गोल्डकप कार्यसमितिको बैठकले प्रहरी कार्यालय पुनर्निर्माणमा सहयोग गर्ने निर्णय गरेको हो । बैठकपछि सहयोग रकम हस्तान्तरण गरिएको गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिनुभयो ।

भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोड भएका कारण ध्वस्त बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनी पुनर्निर्माणका लागि रकम सहयोग गरिएको हो ।

स्थानीय युवाको अगुवाइमा पुनर्निर्माणका लागि काम सुरु गरेसँगै सहयोग रकम जुट्न थालेको छ । पुनर्निर्माण समितिका संयोजक रमेश चौधरीलाई गोल्डकपले नगदै सहयोग प्रदान गरेको हो ।

यसैबीच, पुनर्निर्माणका निमित्त एकका लागि एक अभियानले १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । त्यस्तै, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रकाश शिवाकोटीले एक लाख एक हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको जनाइएको छ ।

सम्बन्धित खबर