२०८२ असोज ९, बिहिवार , १२:२३:४७ बजे

Sajhamanch
'

लगातार चार दिनदेखि बढेको सुनको भाउ आज १७०० रुपैयाँले घट्यो

बिहिवार, असोज ९, २०८२

काठमाडौं । लगातार चार दिनदेखि बढेको सुनको भाउ आज भने घटेको छ । सुनको भाउ आज एक हजार ७०० रुपैयाँले घटेर तोलाको दुई लाख २१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख २३ हजार रुपैयाँ थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज तोलामा १५ रुपैयाँले घटेर दुई हजार ६८५ रुपैयाँमा झरेको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ७०० रुपैयाँ थियो ।

बिहिवार, असोज ९, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर