
झापा । झापामा लागू औषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा अर्जुनधारा-११ बस्ने वर्ष २६ का वीरेन्द्र लिङ्देन र दमक-१ बस्ने वर्ष ३३ का हर्कबहादुर कुमाल रहेका छन् ।
हिजो साँझ ६ः३० बजे मेचीनगर-६ स्थित पुरानो मेची पुलमा भारतको पानीट्याङ्कीबाट सिटी सफारीमा आउँदै गरेका लिङ्देनलाई शंका लागेर शरीर तलासी लिँदा उनको साथबाट १ ग्राम ३३० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।
त्यस्तै हिजो दिउँसो ४ः२० बजे दमक – ६ स्थित बसपार्कमा कुमाललाई शंका लागेर चेकजाँच गर्ने क्रममा उनको साथबाट प्लास्टिकबाहेक २ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । दुवैलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।