
काठमाडौं । सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुनको भाउ आज तोलामा एक हजार तीन सय रुपैयाँले बढेर तोलाको दुई लाख २३ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउले पछिल्ला दिनमा निरन्तर रेकर्ड बनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख २१ हजार ७०० रुपैयाँ थियो ।
आज चाँदीको भाउले पनि कीर्तिमान बनाएको छ । चाँदीको भाउ आज तोलामा २० रुपैयाँले बढेर तोलाको दुई हजार ७०० रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ६८० रुपैयाँ थियो ।