२०८२ असोज ७, मङ्गलवार , ०५:२१:५४ बजे

Sajhamanch
'

५८ अङ्कले बढ्यो शेयर बजार

मङ्गलवार, असोज ७, २०८२

काठमाडौं । शेयर बजार आज पनि उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५८ दशमलव ६३ अङ्कले बढेर २ हजार ६८२ दशमलव २५ विन्दुमा पुगेको छ । हिजो शेयर बजार १११ अङ्कले बढेको थियो ।

आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा, माइक्रोफाइनान्स, अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज ८ वटा कम्पनीका शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन प्रभु स्मार्ट फन्डको शेयर भने ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ९ अर्ब १७ करोडको कारोबार भएकोमा आज ३२८ वटा कम्पनीका १ करोड १३ लाख कित्ता शेयर ५ अर्ब २९ करोड रुपैयाँमा किनबेच भएको छ ।

मङ्गलवार, असोज ७, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर