
झापा । जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीहरूबाट फिर्ता पाएको ७५ थान हतियार नेपाली सेनाले झापा प्रहरीलाई बुझाएको छ ।
प्रदर्शनकारीले प्रहरी कार्यालयहरूमा आगजनी गर्दै लुटिएका दमक क्षेत्रबाट ३५ र बिर्तामोड क्षेत्रबाट ४० थान हतियार फिर्ता गरेको हो । दमक र झिलझिले क्षेत्रबाट ७.६२ मिमि एसएलआर ४ थान , ५.५६ मिमि इन्सास राइफल १० थान , ३०३ राइफल १२ थान , सट गन ३ थान, ग्यास गन २ थान , ९ मिमि पेस्तोल १ थान र चाइनिज पेस्तोल ३ थान गरी जम्मा ३५ थान हतियार २१ नं बाहिनी तोपगाछीले आन्दोलनकारीबाट बुझेर प्रहरीलाई फिर्ता दिएको थियो ।
त्यस्तै बिर्तामोड , दुर्गापुर र शनिश्चरे एरियाबाट ७.६२ मिमि एसएलआर ७ थान , ५.५६ मिमि इन्सास राइफल १६ थान , ३०३ राइफल ६ थान , सट गन २ थान , ग्यास गन ४ थान , ९ मिमि एसएमजी ३ थान र रिभल्वर पेस्तोल २ थान गरी जम्मा ४० थान हतियार अरिदमन गण चारआलीले बुझेर प्रहरीलाई फिर्ता दिएको थियो ।
त्यति हतियार फिर्ता गरेपनि झापामा प्रहरीबाट लुटिएका २४ थान हतियार , ५ हजार ६९० वटा गोली र १८० सेल अश्रुग्यास गायव भएको छ ।