
विराटनगर । मोरङको टंकीसिनवरीस्थित सबस्टेसनभित्रको ३३ केभी प्रसारण जलेपछि सोमबार (असोज ६) विराटनगरका अधिकांश क्षेत्रमा विद्युत् प्रवाह अवरुद्ध भएको छ । तीन फिडरको जम्पर जलेपछि विद्युत् अवरुद्ध भएको हो ।
मर्मत कार्य सुरु गरिसकेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । मर्मतपश्चात् विराटनगर क्षेत्रमा विद्युत् सेवा उपलब्ध गराइनेछ । मर्मत गर्न करिब दुई घण्टा लाग्ने प्राधिकरण विराटनगर शाखा प्रमुख सरोजकुमार शरणले बताउनुभयो ।
विद्युत् प्रवाह अवरुद्ध हुँदा गर्मीले धेरै सर्वसाधारणलाई सास्ती भएको छ ।