
झापा । सुनको भाउले फेरि कीर्तिमान बनाएको छ । सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढेर दुई लाख १७ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि भदौ ३१ गते सुनको भाउ दुई लाख १७ हजार १०० रुपैयाँ पुगेको थियो । त्यसपछि भने सुनको भाउ घट्दै आएकोमा आज बढेको हो ।
यस्तै चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ ३० रुपैयाँले बढेर तोलाको दुई हजार ६५० रुपैयाँ पुगेको छ ।