२०८२ असोज ६, सोमवार , १०:१७:२० बजे

Sajhamanch
'

नेपाल साफ १७ वर्षमुनिको च्याम्पियनसिपको सेमिफाइनलमा

सोमवार, असोज ६, २०८२

काठमाडौं । नेपाल साफ १७ वर्षमुनिको च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । हिजो बेलुकी भएको समूह ‘ए’को अन्तिम खेलमा बङ्गलादेशले घरेलु टोली श्रीलङ्कालाई ४–० गोलको फराकिलो अन्तरले जीतेसँगै नेपाल अन्तिम चारमा पुगेको हो ।

दुई खेलमा विजयी भएको बङ्गलादेश समूह विजेता बन्दै अन्तिम चारमा पुगेको छ । समूह चरणको खेलमा बङ्गलादेशले नेपाललाई पनि ४–० गोलले हराएको थियो । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को आयोजना चलिरहेको प्रतियोगिता आउँदो असोज ११ गते शनिवारसम्म चल्नेछ ।

सोमवार, असोज ६, २०८२ | खेलकुद

सम्बन्धित खबर