
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेस भएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।
नेपालको संविधानको धारा २९४ बमोजिम आयोगका प्रमुख आयुक्त राईले राष्ट्रपति पौडेलसँग आइतबार बिहान आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।