
झापा । झापाको बुद्धशान्तिमा एक युवकमाथि सामूहिक हमला भएको छ । विश्वकर्मा पूजाका दिन छुरा प्रहारबाट ती युवक घाइते भएका छन् ।
हिजो साँझ ५ बजे बुद्धशान्ति-६ गौँडा बस्ने २७ वर्षीय सन्देश राईलाई इलाम रोङ-५ बस्ने वर्ष अन्दाजी ३० का बिजु राई र झापा मेचीनगर-७ बस्ने वर्ष अन्दाजी ३२ का गोविन्द सापकोटालगायत १४–१५ जनाको समूहमा आई धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाएका हुन् । घाइतेको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
उनको टाउकोमा चोट लागेको छ । इलाका प्रहरी कार्यालय बुधबारेबाट प्रहरी टोली खटिएर छुरा प्रहार गरी फरार भएका व्यक्तिहरूको खोजी भइरहेको जनाइएको छ ।