२०८२ असोज २, बिहिवार , ११:२५:१० बजे

Sajhamanch
'

सुनको भाउ ९०० रुपैयाँले घट्यो

बिहिवार, असोज २, २०८२

काठमाडौं । सुनको भाउ आज ९०० रुपैयाँले घटेको छ । आज सुनको भाउ ९०० रुपैयाँले घटेर तोलाको दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि सुनको भाउ घटेर दुई लाख १६ हजार १०० रुपैयाँ थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । चाँदी ३० रुपैयाँले घटेर दुई हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ दुई हजार ५५० रुपैयाँ थियो ।

बिहिवार, असोज २, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर