
काठमाडौं । संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’ घोषणा गरेको छ । नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा टेलिकमले आफ्ना ग्राहकहरूका लागि ‘संविधान दिवस अफर २०८२’ उपलब्ध गराइने जनाएको छ ।
कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार यो अफर आज, भोलि र पर्सि लागू हुनेछ । यसअन्तर्गत ४९ रुपैयाँमा एक दिन चलाउन सकिने एक ‘एमबीपीएस अनलिमिटेड डाटा’ र नेपाल टेलिकमकै ‘नेटवर्क’ भित्र कल गर्न सकिने एक सय मिनेट ‘अल नेट भ्वाइस’ सेवा उपलब्ध हुनेछ ।
यसैगरी ‘डाटा प्याकेज’ अन्तर्गत एक सय ११ रुपैयाँमा पाँच दिनसम्म चलाउन सकिने कम्पनीले जनाएको छ ।