२०८२ कार्तिक १९, मङ्गलवार , ०९:४७:५३ बजे

Sajhamanch
'

चन्द्रगढी वनको साधारण सभामा स्मारिका विमोचन

बुधवार, असोज १, २०८२

भद्रपुर । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको २६औं वार्षिक साधाराण सभा आज सम्पन्न गरिएको छ ।

भद्रपुर ९ स्थित नमूना सामुदायिक भवनमा परिषद भेला मार्फत समूहको वार्षिक साधारण सभा गरिएको हो । सो कार्यक्रममा स्मारिका विमोचन, सहयोगी सम्मान गरिएको छ ।

वन उपभोक्ता समूहका अध्यक्ष दुर्गाप्रसाद भट्टराईको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सभा सञ्चालन गरिएको थियो ।

कार्यक्रममा चन्द्रगढी वन बाटिका स्मारक ग्रन्थको बिमोचन गर्दै प्रकाशनमा महत्वपूर्ण योगदान दिने सम्पादक मण्डललाई नगदसहित सम्मान गरिएको छ ।

समूहको वार्षिक गतिविधिसहित नीति तथा कार्यक्रमसहितको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष दुर्गाप्रसाद भट्टराईले लाभग्राहीका लागि महिला उत्थान, स्वरोजगार प्रर्वधन, कृषि तथा भेटेनरी लगायत विविध कार्यक्रमहरूमा विशेष लगानी गरेर हरित अर्थतन्त्रका लागि काम गरिरहेको र आगामी वर्षमा पनि निरन्तर रहने वार्षिक कार्योजना पेश गरे ।

कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, समूहका निवर्तमान अध्यक्ष हिराप्रसाद पोखरेल, सव डिभिजन वन कार्यलय झापाका वन अधिकृत कुलप्रसाद भट्टराई, चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष चूडामणि मैनाली, चन्द्रगढ वन बाटिका स्मारक ग्रन्थका प्रधान सम्पादक तारा विविध, ग्रन्थका भाषा सम्पादक हरिनारायण भट्टराई, सम्पादक सदस्य देवीचरण भण्डारी लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन सचिव पार्वती मल्ल र स्वागत उपाध्यक्ष गोकुल ढकालले गरेका थिए ।

सभाले आगामी वर्षका लागि प्रस्तावित नीति तथा कार्यक्रम अनुमोदन गरेको छ । वन संरक्षणका लागि स्थानीयसित हातेमालो गरेर अगाडि बढ्ने संकल्पसमेत पारित गरिएको छ ।

सम्बन्धित खबर