२०८२ असोज १, बुधवार , १२:२२:१२ बजे

Sajhamanch
'

दशैँको टीकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा

बुधवार, असोज १, २०८२

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैँको टीकाको उत्तम साइत सार्वजनिक गरेको छ ।

यस वर्षको बडादशैँको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा रहेको समितिले आज निकालेको सूचनामा उल्लेख छ । विजयादशमीका दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जनको साइत रहेको छ ।

असोज ६ गते घटस्थापना गर्न बिहान ९ बजेर १३ मिनेटमा साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

बुधवार, असोज १, २०८२ | समाज

सम्बन्धित खबर