२०८२ असोज १, बुधवार , १२:१४:०३ बजे

Sajhamanch
'

हिजो कीर्तिमान बनेको सुनको भाउ आज १ हजार रुपैयाँले घट्यो

बुधवार, असोज १, २०८२

काठमाडौं । सुनको भाउ आज एक हजार रुपैयाँले घटेको छ । सुन एकैदिन एक हजार रुपैयाँले घटेर तोलाको दुई लाख १६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ अहिलेसम्मकै उच्च दुई लाख १७ हजार १०० रुपैयाँ थियो । आज चाँदीको भाउ पनि घटेको छ । चाँदी ४५ रुपैयाँले घटेर तोलाको दुई हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ अहिलेसम्मकै उच्च दुई हजार ५९५ रुपैयाँ थियो ।

बुधवार, असोज १, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर