
काठमाडौं । जेन–जी प्रदर्शनका कारण उत्पन्न विषम परिस्थितिका कारण बन्द भएको शेयर कारोबार भोलि बिहीवारदेखि खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले कारोबार रोक्का गर्न दिएको निर्देशन बमोजिम बजार बन्द हुँदै आएको थियो ।
अवस्था सहज भए पनि शेयर कारोबार बन्द गरिएको भन्दै बोर्ड र नेप्सेको आलोचना हुँदै आएको थियो । बोर्डले बजार कारोबार खुलाउन निर्देशन दिएसँगै धितोपत्र दोस्रो बजार कारोबार भोलिदेखि खुल्ने भएको हो । बोर्डको निर्देशनपछि बजार नियमित सञ्चालन हुन लागेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिनुभयो ।