२०८२ असोज १, बुधवार , १०:२३:२१ बजे

Sajhamanch
'

राष्ट्रियसभाको चालू अधिवेशन गएरातिदेखि अन्त्य

बुधवार, असोज १, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गर्नुभएको छ । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा गएराति १२ बजेदेखि राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संसद्को अधिवेशन अन्त्य गर्ने संवैधानिक प्रावधान छ । राष्ट्रियसभाले सूचना निकालेर राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य भएको जनाएको छ ।