
काठमाडौं । सुनको भाउले फेरि कीर्तिमान बनाएको छ । सुनको भाउ आज तोलामा एक हजार ९०० रुपैयाँले बढेर तोलाको दुई लाख १७ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको दुई लाख १५ हजार २०० रुपैयाँ थियो । गएको शुक्रवार तोलाको दुई लाख १५ हजार ८०० रुपैयाँ रहेको सुनको भाउ अस्ति आइतबार र हिजो केही घटेको थियो ।
यस्तै चाँदीको भाउले पनि कीर्तिमान बनाएको छ । आज चाँदीको भाउ २० रुपैयाँले बढेर तोलाको दुई हजार ५९५ रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलामा दुई हजार ५७५ रुपैयाँ थियो ।
सुनको भाउ उच्च रहेको दिन गएको शुक्रवार चाँदीको भाउ तोलाको दुई हजार ५६५ रुपैयाँ मात्रै थियो ।